मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

kendrabindu.com · Tue Nov 10 13:24:02 UTC 2026

काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन् ।

इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन कम आम्दानी हुने उडान कटौती गरिरहेका छन् । यसबाट हवाई टिकटको मूल्य, रोजगारी र उद्योगको प्रतिस्पर्धात्मक अवस्थामा समेत असर पर्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)