मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वनमन्त्री चौधरी टर्किए प्रस्थान

khabarhub.com · Tue Nov 10 13:37:33 UTC 2026

काठमाडौँ -, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् । सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)