‘पहिचानको मुद्दा रास्वपाले बोक्छ, कोशीमा बहुमत आउँछ’
ratopati.com · Tue Nov 10 13:45:00 UTC 2026

विराटनगर । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतभन्दा बढी १७ सिटमा विजयी बन्यो ।
नयाँ दलको रुपमा उपस्थित भएको श्रम संस्कृति पार्टीले ३, परम्परागत दल नेकपा एमाले र नेपाली कांग्रेसले ४–४ सिटमा जित हासिल गरे । समानुपातिक मत हेर्दा पनि रास्वपाले ८ लाख ५३ हजार (४२.६३ प्रतिशत) मत ल्याउँदा दोस्रो श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार, कांग्रेसले २ लाख ९० हजार र एमालेले चौथो नम्बरमा २ लाख ८८ हजार मत ल्याएको छ । अर्थात् तीन पार्टीको मतको प्रतिशत १४ प्रतिशत हाराहारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)