पावरप्लेमा जनकपुरको ३ विकेट पतन
annapurnapost.com · Tue Nov 10 13:49:49 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा ३ विकेट गुमाएको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा १२० रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावरप्लेमा सोचेअनुरुप सुरुवात गर्न सकेन । पावरप्लेमा जनकपुर बोल्ट्ले ३ विकेट गुमाउँदै २८ रन मात्रै बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)