जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा
nagariknews.nagariknetwork.com · Tue Nov 10 14:10:40 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी भएको छ। सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुरले १०.५ ओभरमै आधा टोली गुमाएर मात्र ४६ रन जोडेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरलाई जितका लागि अब बाँकी ५५ बलमा ७५ रन आवश्यक छ। हाल क्रिजमा विशाल सुस्लिङ २ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याटर मैदान प्रवेश गर्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)