यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
bishowkhabar.com · Tue Nov 10 14:08:52 UTC 2026
काठमाडौं । ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)