मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु अनुकूलन वातावरणीय विषय मात्र होइन, जलवायु न्यायसँग पनि जोडिएको छ : परराष्ट्रमन्त्री खनाल

barnanmedia.com · Tue Nov 10 14:09:02 UTC 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलनलाई केवल प्राविधिक वा वातावरणीय प्रतिक्रियाका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। उनले जलवायु परिवर्तनको असर र त्यसबाट प्रभावित समुदायको अधिकारलाई ध्यानमा राख्दै जलवायु अनुकूलनलाई जलवायु न्यायसँग समेत जोडेर हेर्नुपर्ने बताएका हुन्।

खनालका अनुसार जलवायु परिवर्तनको असर सबै देश र समुदायमा समान रूपमा परेको छैन। जलवायु परिवर्तनमा न्यून योगदान दिएका नेपालजस्ता विकासशील तथा पर्वतीय देशहरूले यसको गम्भीर प्रभाव भोगिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)