मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेवार समुदायले विधिपूर्वक मनाए म्हःपूजा, आत्मशुद्धि र सकारात्मक सङ्कल्पको पर्व

nepalpress.com · Tue Nov 10 14:23:39 UTC 2026

काठमाडौँ । नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा आज विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन् ।

नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ । त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा हो । यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ । म्हःपूजामार्फत आफूभित्रको नकारात्मक ऊर्जा हटाएर नयाँ ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामना गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)