मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
khabarhub.com · Tue Nov 10 14:29:22 UTC 2026

कास्की- नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गइरहेका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)