सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन
khabarhub.com · Tue Nov 10 14:50:00 UTC 2026
सुनसरी- बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् । बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । सैँतीस अङ्क प्राप्त गरी उपाधि जितेका उनले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा मधुवनका भरत भुजेल ३३ अङ्क प्राप्त गरी दोस्रो भए । उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी चतराका मोहन भुजेल ३२ अङ्कसहित तेस्रो भइ रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका चतरा हाइकिङ समूहका संस्थापक नवराज विष्टले जानकारी दिए । विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नं ८ का अध्यक्ष रोशन खड्का, प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)