मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफनजिक

nepalpress.com · Tue Nov 10 15:08:08 UTC 2026

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो ।

यस जितसँगै सुदूरपश्चिमले ६ खेलमा चौथो जित हात पारेको छ । आठ अङ्क जोडेको टोली अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)