एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे
barnanmedia.com · Tue Nov 10 15:29:54 UTC 2026
२३ कात्तिक, काठमाडौं । सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे। याे जितले सुदूरपश्चिम ८ अंक जाेड्दै प्लेअफनजिक पुगेकाे छ।
तेस्रो हार ब्यहाेरेकाे जनकपुरकाे भने प्लेअफकाे सम्भावना न्यून बनेको छ। जितका लागि पाएकाे १२१ रनको लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटियाे। जनकपुरका लागि तृतराज दासले २१ र जिमी निसमले २० रन जाेडे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)