वनमन्त्री चौधरी टर्किए प्रस्थान
barnanmedia.com · Tue Nov 10 15:50:00 UTC 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)