मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला पुल मङ्सिर पहिलो सातादेखि सञ्चालनमा आउने

lokaantar.com · Tue Nov 10 15:39:59 UTC 2026

धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलको ढलान सम्पन्न भइसकेको र दुवैतर्फ जोड्ने सडकमा माटो भर्ने काम भइरहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिर पहिलो सातादेखि पुल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)