पोखरामा बुधबार भाइटिका महोत्सव
khabarhub.com · Tue Nov 10 16:18:56 UTC 2026

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ।
तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)