जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु
barnanmedia.com · Tue Nov 10 22:11:59 UTC 2026

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो । सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)