तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम
barnanmedia.com · Tue Nov 10 22:20:05 UTC 2026

काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट निस्कने चर्को आवाजले कानको श्रवण क्षमता नै गुम्न सक्ने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्।
तिहारमा झिलिमिली बत्ती, फूल र देउसी–भैलोले चाडपर्वको रौनक बढाइरहेका बेला पटाकाको अनियन्त्रित प्रयोग भने वातावरण र जनस्वास्थ्यका लागि चुनौती बनेको छ। विशेषगरी रातिको समयमा पड्काइने पटाकाको चर्को आवाजले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा सर्वसाधारणको निद्रा र मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)