ठाउँ ठाउँमा मनाइयो नेपाल संवत्को नयाँ वर्ष
ratopati.com · Tue Nov 10 23:37:46 UTC 2026

काठमाडौँ । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४७ मंगलबार विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।
नेपाल संवत् अनुसार नयाँ वर्ष लागेसँगै काठमाडौँ उपत्यकाका कतिपय स्थानमा मंगलबारदेखि नै नयाँ बही खाता सुरु गरिएको छ । कार्तिक कृष्ण औँसीका दिन पुरानो बही खाता बन्द गरिएको थियो । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना ¥याली निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)