मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

ratopati.com · Wed Nov 11 00:07:12 UTC 2026

वासिङ्टन डिसी । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका छन्।

बाहिरिँदै गरेका रिपब्लिकन सांसद थोमस म्यासीले सोमबार औपचारिक रूपमा यो महाअभियोग प्रस्ताव ल्याएका थिए तर मंगलबार साँझ २११ का विरुद्ध २०४ मतले यो प्रस्तावलाई रोकिएको हो । अब यो प्रस्ताव समितिमा पठाइएको छ र वर्तमान कंग्रेसको कार्यकालमा यो फ्लोरमा पुग्ने सम्भावना न्यून छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)