रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ
barnanmedia.com · Wed Nov 11 00:17:09 UTC 2026

लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट गिरफ्तार गरिएको हो।
लन्डनको आतङ्कवादविरोधी प्रहरीका अनुसार ती पुरुषलाई राष्ट्रिय सुरक्षा ऐन २०२३ को दफा १ र दफा ३ अन्तर्गत पक्राउ गरिएको छ। ऐनको दफा १ ले सुरक्षित सूचना सङ्कलन वा खुलासा गर्नेसँग सम्बन्धित विषय समेट्छ भने दफा ३ ले विदेशी गुप्तचर सेवालाई सहयोग गर्नेसँग जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)