इजरायली प्रधानमन्त्री नेतान्याहुसँग अनुहार मिलेको भन्दै इरानी पसलेको बहिष्कार, सामाजिक सञ्जालमा भिडियो भाइरल
barnanmedia.com · Wed Nov 11 00:37:24 UTC 2026

इरानको राजधानी तेहरानमा पसल सञ्चालन गर्दै आएका एक व्यापारी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अनुहार मिलेको भन्दै चर्चामा आएका छन्। उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि केही ग्राहकले पसलबाट सामान खरिद गर्न छाडेको र व्यवसाय बहिष्कारको आह्वानसमेत भएको बताइएको छ।
उनको अनुहार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मिल्दोजुल्दो देखिएको भन्दै विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन्। यही कारण केही ग्राहकले उनको पसलबाट सामान खरिद गर्न छाडेको र व्यवसाय बहिष्कार गर्न आह्वान गर्दै सामग्रीसमेत फैलाइएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)