मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्वतीय मुद्दा कोप–३१ को अन्तिम निर्णयमा समेटिने नेपालको अपेक्षा

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, तापक्रम वृद्धिको प्रभाव र जलवायु वित्तका मुद्दाहरूलाई अन्तिम निर्णयमा समेट्न सकारात्मक प्रयास गरिरहेको छ।

नेपाल पेभिलियनमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भुटानले 'पर्वतीय कार्यसूची' (माउन्टेन एजेन्डा) लाई कोप–३१ को औपचारिक कार्यसूचीमा समावेश गर्न संयुक्त रूपमा प्रस्ताव गरे पनि छुट्टै कार्यसूचीका रूपमा स्वीकृत हुन नसकेको जानकारी दिए। यद्यपि, सम्मेलनको अध्यक्षता गरिरहेको टर्किए र आगामी वार्ता प्रक्रियाको सहअध्यक्षता गर्ने अष्ट्रेलियासँगको छलफलमा पर्वतीय मुद्दालाई विद्यमान वार्ता प्रक्रिया र विभिन्न संयन्त्रमार्फत सम्बोधन गर्ने सहमति बनेको उनले स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)