अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव असफल
baahrakhari.com · Wed Nov 11 00:54:52 UTC 2026

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले रक्षामन्त्री पिट हेगसेथविरुद्ध रिपब्लिकन सांसद थोमस म्यासीले अघि बढाएको महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने निर्णय गरेको छ । २११ विरुद्ध २०४ मतले पारित यो निर्णयसँगै महाभियोग प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ ।
महाभियोग प्रस्तावमा हेगसेथमाथि अमेरिकी संसद् (कंग्रेस)को स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही सञ्चालन गरी अमेरिकी संविधान र युद्धसम्बन्धी अधिकार ऐन उल्लंघन गरेको आरोप लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)