पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
arthasansar.com · Wed Nov 11 01:23:28 UTC 2026

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली भू–भाग, देशका पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)