५२ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
himalpress.com · Wed Nov 11 01:40:19 UTC 2026

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट ठुलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आउजाउ गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच बढाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)