मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गच्छे–भालुबाङ सडक निर्माणले पायो तीव्रता, दूरी ४७ किलोमिटर घट्ने

hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। अर्घाखाँची र लुम्बिनी प्रदेशको राजधानी भालुबाङलाई जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएको छ। यो सडक सम्पन्न भएपछि अर्घाखाँचीवासीले प्रदेश राजधानी पुग्न भोग्दै आएको घुमाउरो सडकयात्राको बाध्यता अन्त्य हुनेछ।

हाल सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ। तर सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने ७३ किलोमिटर लामो यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि दूरी करिब ४७ किलोमिटर छोटो हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)