मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको आक्रमणमा परी पत्नीको मृत्यु, पति भागेर बाँचे

kendrabindu.com · Wed Nov 11 01:55:18 UTC 2026

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)