मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीका लगाउनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

corporatenepal.com · Wed Nov 11 01:37:14 UTC 2026

काठमाडौं । भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने यो मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू पूजा–आराधना र दर्शनका लागि पुग्ने गर्छन्।

मन्दिरमा पुगेर पूजा तथा दर्शन गरेपछि टीका लगाउने परम्परा छ। भक्तजनको आगमन जारी रहेसम्म मन्दिर खुला राख्ने व्यवस्था गरिएको छ । विसं २०३५ देखि रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुलाउन थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)