बबई नदीमा १५ किलोमिटर तटबन्ध
barnanmedia.com · Wed Nov 11 01:55:04 UTC 2026

दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ ।
एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त नदीमा १५ किलोमिटर तटबन्ध हुँदा ४६८ हेक्टर खेतीयोग्य जमिन उकास गरिएको सूचना अधिकारी खुमानन्द वलीले बताउनुभयो । हाल दङ्गीशरण–१ र ४ मा रु एक करोड २४ लाख ८४ हजार ६६८, तुलसीपुर–१४ मा रु दुई करोड ४७ लाख ३८ हजार ५९, दङ्गीशरण–१ मा रु ७४ लाख ८१ हजार ९४४, घोराही–८ मा रु ४५ लाख सात हजार ४१६ र दङ्गीशरण–१ रहरीपुरमा रु १४ लाख ९३ हजार ६२० का तटबन्ध तथा सिञ्चित क्षेत्र संरक्षण ठेक्काहरू सम्पन्न भएका सूचना अधिकारी वलीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)