मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछ : मुख्यमन्त्री आचार्य

ratopati.com · Wed Nov 11 01:59:22 UTC 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ बनाउने बताएका छन्।

तिहार–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन्। उनले काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले मानव, प्रकृति र प्राणी जगतबीचको सम्बन्ध तथा जीवजन्तुप्रतिको सम्मान र कृतज्ञता झल्काउने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)