मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गच्छे–भालुबाङ सडक निर्माणले गति लिँदै, अर्घाखाँची र प्रदेश राजधानी बीचको दूरी ४७ किलोमिटर छोटिने

ratopati.com · Wed Nov 11 01:56:16 UTC 2026

अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला पर्छ। नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ। भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ।

सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ। अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो। यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ। अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)