मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन

ukeraa.com

बागलुङ : दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ।

एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। निर्माण व्यवसायीले अहिले कालोपत्र गर्नुअघि बेस बिछ्याउने काम गरिरहेको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)