तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य
nepalpress.com · Wed Nov 11 02:18:02 UTC 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालीहरूको महान् पर्व तिहार–२०८३ का अवसरमा दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहार नेपाली मौलिक संस्कृति र परम्पराको विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्दै यसले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएका हुन् । काग, कुकुर, गाई र गोरूको पूजा गर्ने परम्पराले जीवजन्तुप्रतिको सम्मान र कृतज्ञताको भावना अभिव्यक्त गर्ने उनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)