मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

kendrabindu.com · Wed Nov 11 02:25:59 UTC 2026

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ ।

आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)