सर्लाहीमा धुमधामका साथ मनाइयो गोधन कुट्ने पर्व
nepalpress.com · Wed Nov 11 02:30:46 UTC 2026

सर्लाही । तिहार अर्थात् दीपावलीपछि मनाइने परम्परागत गोधन कुट्ने पर्व सर्लाहीमा आज बुधबार बिहान धुमधामका साथ मनाइएको छ। जिल्लाको सदरमुकाम मलंगवासहित विभिन्न गाउँ तथा बस्तीमा महिलाहरू एकै ठाउँमा भेला भएर धार्मिक तथा सांस्कृतिक विधिअनुसार यो पर्व मनाएका हुन्।
विशेषगरी महिलाहरूको सहभागितामा मनाइने यस पर्वमा गाईको गोबरबाट बनाइएको गोलाकार प्रतिमालाई कुट्ने परम्परा रहेको छ। पर्वका अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई गोधन कुट्नुका साथै परिवार तथा सन्तानको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)