मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका

ratopati.com · Wed Nov 11 02:46:24 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ४२ आवेदकमध्ये १६ जनाको संक्षिप्त सूची तयार भएपछि पर्यटन क्षेत्र तरंगित बनेको छ । देशको पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी रहेको यो संस्थामा योग्य व्यक्ति आउने आम अपेक्षाबीच यो प्रक्रियाको पारदर्शिता एवं विश्वसनीयताबारे विभिन्न टिकाटिप्पणी सुरु भएको हो ।

यस क्रममा सीईओ नियुक्ति सिफारिसको जिम्मेवारी पाएको छनोट समिति एवं लोक सेवा आयोगले आफ्नो संस्थागत गरिमा र विश्वसनीयता कति कायम गर्न सके भन्ने मूल्यांकन समेत भइरहेको छ । यस छनोट प्रक्रियाले योग्य र अनुभवी उम्मेदवारहरूको क्षमतामाथि निष्पक्ष मूल्याङ्कनबारे आशंका समेत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)