मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नर्स ममता काफ्लेको हत्या गरी शव टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर

swasthyakhabar.com · Wed Nov 11 02:36:55 UTC 2026

अमेरिकाको भर्जिनियास्थित अदालतले आफ्नी पत्नी तथा छोरीकी आमा ममता काफ्लेको हत्या गरेको अभियोगमा नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। साथै, अदालतले काफ्लेको शव क्षतविक्षत पारेको र लुकाएको अभियोगमा पनि उनलाई दोषी ठहर गरेको छ।

मंगलबार सुनाइएको यो फैसला करिब छ हप्तासम्म चलेको अदालती सुनुवाइ र विभिन्न साक्षीहरूको बयानपछि आएको हो। सुनुवाइका क्रममा स्वयं नरेश भट्टले पनि बयान दिएका थिए। गत साता अप्रत्याशित रूपमा साक्षीका रूपमा उपस्थित हुँदै उनले ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)