हात्तीको आक्रमणमा परी वृद्धाको मृत्यु
barnanmedia.com · Wed Nov 11 02:55:00 UTC 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौंराले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)