दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
himalpress.com · Wed Nov 11 03:01:51 UTC 2026

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)