मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कस्तो रहला मौसम ?

kendrabindu.com · Wed Nov 11 03:17:57 UTC 2026

काठमाडौँ । हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)