मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

nagariknews.nagariknetwork.com · Wed Nov 11 03:24:55 UTC 2026

राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ ।

तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ । सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो । यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ । अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)