मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

arthasansar.com · Wed Nov 11 03:07:05 UTC 2026

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि म्यानमारको मध्य क्षेत्रमा रहेको साना तथा अनौपचारिक तेल उत्खनन केन्द्रहरू विद्रोही र सरकारी सेनाबीचको द्वन्द्वको नयाँ निशाना बनेका छन्। म्यानमारमा साना स्तरमा कच्चा तेल उत्खनन गर्ने कामदारहरू अहिले दुवैतर्फबाट हुने आक्रमणको जोखिममा छन्। बढ्दो इन्धन मूल्यका कारण सामान्य रूपमा सञ्चालन हुँदै आएका यी तेल उत्खनन केन्द्र आर्थिक रूपमा महत्त्वपूर्ण बन्दै गएपछि विद्रोही र सैनिक दुवै पक्षले तिनलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेका छन्।

म्यानमारको सुक्खा मध्य भूभागमा रहेको एउटा अनौपचारिक तेल उत्खनन केन्द्रमा काम गर्ने ५२ वर्षीय ह्तुन आङले आफूहरू निरन्तर जोखिममा रहेको बताएका छन्। सुरक्षाका कारण आफ्नो वास्तविक नाम सार्वजनिक नगर्ने सर्तमा उनले भनेका छन्, ‘हामी यहाँ काम गरुन्जेल दुर्भाग्यले हाम्रो ज्यान लिन सक्छ। तर मृत्युको वास्तविकता सामना गर्नुभन्दा जीविकोपार्जन गर्नु अझ कठिन छ।’ आधिकारिक तथ्यांकअनुसार म्यानमारले आफ्नो कुल इन्धन तेल आवश्यकताको करिब ९० प्रतिशत आयात गर्छ। त्यसैले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको प्रभावबाट म्यानमार बढी प्रभावित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)