तिहारको उज्यालोमा रातकी रानी बन्यो फिदिम
gorkhapatraonline.com · Wed Nov 11 03:32:04 UTC 2026

पाँचथर सदरमुकाम फिदिम बजार सामान्य दिनमा पनि रातको समयमा उज्यालो नै देखिन्छ । नियमित विद्युत् आपूर्ति र फिदिम नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका सडक बत्तीका कारण यहाँको रात्रिकालीन दृश्य प्रायः उज्यालो र आकर्षक रहने गरेको छ ।
तिहारको आगमनसँगै फिदिमको यो नियमित उज्यालोमा थपिएको रङ्गीन झिलिमिलीले बजारको सौन्दर्यलाई अझ विशेष बनाएको छ । घर–घरमा बालिएका विभिन्न रङका विद्युतीय बत्ती, फूलमाला र आकर्षक सजावटले फिदिम बजारलाई रातकी रानीझैँ शृङ्गारेका छन् । सडक बत्तीको नियमित उज्यालोमाथि घर तथा भवनमा थपिएका रङ्गीचङ्गी प्रकाशले बजारको स्वरूप नै फरक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)