‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण
ratopati.com · Wed Nov 11 03:49:14 UTC 2026

पर्सा । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ । छठ पूजाको अवसरमा वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ‘श्री श्रीजङ्ग गण’ले यस वर्ष पनि ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण गर्ने भएको हो ।
लोकआस्थाको महापर्व छठको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको विशेष टोलीले विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको श्रीजङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)