तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
khabarhub.com · Wed Nov 11 04:04:10 UTC 2026

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई प्राथमिकताका साथ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)