दाजुभाइको दीर्घायु र समृद्धिको कामनासहित मिथिलामा आज भैयादुज मनाइँदै
himalpress.com · Wed Nov 11 04:11:05 UTC 2026

काठमाडौँ- मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।
दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष ६ दिनसम्म मनाइएको हो । सामान्यतया पाँच दिन मनाइने यो पर्व यस वर्ष एक दिन लम्बिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)