मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा सुरु भयो सरकार गठनको प्रयास : नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

ukeraa.com

एजेन्सी : इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन्। उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका छन्।

इसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ। गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहुका विपक्षी दलहरूले संसद्मा बहुमत प्राप्त गरेका छन्। इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)