मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरु बालगोपालेश्वर मन्दिरमा

nepallive.com · Wed Nov 11 04:20:00 UTC 2026

काठमाडाै- दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)