अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो
onlinekhabar.com · Wed Nov 11 04:35:47 UTC 2026

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको प्रक्रिया अघि बढ्न नसकेको हो ।
अल जजिराका अनुसार रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले मंगलबार प्रस्ताव समितिमा पठाउने निर्णय गरेको हो । यो निर्णयसँगै हेगसेथविरुद्ध तत्काल महाभियोगको औपचारिक मतदान हुने सम्भावना टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)