डेमोक्रेटले समर्थन गरे पनि अघि बढेन अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव
bishowkhabar.com · Wed Nov 11 04:44:13 UTC 2026

काठमाडौं- अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासलाई अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले रोकेका छन् । इरानविरुद्धको युद्धमा आवश्यक संसदीय स्वीकृति नलिई भूमिका खेलेको आरोपमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास गरिएको थियो ।
मंगलबार भएको प्रक्रियागत मतदानमा महाभियोगका आरोपहरूलाई रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभाको न्यायिक समितिमा पठाउने पक्षमा २११ मत परेको थियो भने विपक्षमा २०४ मत परेको थियो । रिपब्लिकन सांसद थोमस मेसीबाहेक अन्य सबै रिपब्लिकन सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)